सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : कांग्रेस « Khabarhub

सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : कांग्रेस


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै प्रमुख सचेतक लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए । उनले सांसद शर्माको पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरुले प्रतिक्रिया दिएको भन्दै यस घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

संसदीय दलको बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पूर्ननिर्माण, राहत उद्धारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ भने लम्पीस्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले डेंगु र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए ।

बैठकले तराईका केही क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण रोपाईँ र खानेपानीकोसमेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उनले बताए । लेखकले जनताको सरोकारका विषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक विषय भएको जिकिर गरे ।

उनले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेस संसदीय दलको बैठक आइतबार पुनः बस्ने लेखकले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ३४ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६