सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : कांग्रेस « Khabarhub

सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएका छौँ : कांग्रेस


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मा पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

शुक्रबार संसद भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सांसदहरुले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै प्रमुख सचेतक लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए । उनले सांसद शर्माको पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरुले प्रतिक्रिया दिएको भन्दै यस घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

संसदीय दलको बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पूर्ननिर्माण, राहत उद्धारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ भने लम्पीस्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले डेंगु र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए ।

बैठकले तराईका केही क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण रोपाईँ र खानेपानीकोसमेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उनले बताए । लेखकले जनताको सरोकारका विषयहरु अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक विषय भएको जिकिर गरे ।

उनले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेस संसदीय दलको बैठक आइतबार पुनः बस्ने लेखकले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ३४ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा