ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई « Khabarhub

ललिता निवास प्रकरणमा बयान दिन तयार छु : पूर्वप्रधानमन्त्री डा. भट्टराई


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बुटवल- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफ्नो पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले जस्तो सुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गरे ।

उनले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए ।

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । त्यस्तै उनले सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ४९ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा