विराटनगरका मेयर कोइरालाले रथयात्राका लागि पाँचवटै महानगरका प्रमुखलाई दिए निम्तो « Khabarhub

विराटनगरका मेयर कोइरालाले रथयात्राका लागि पाँचवटै महानगरका प्रमुखलाई दिए निम्तो


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।

कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक रुपमा राधाकृष्णको रथयात्रा निकाल्ने परम्परा वर्षौँदेखि चलिआएको छ । रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन् ।

रथयात्रालाई सहज बनाउन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वको टोलीले रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरेको छ ।

रथ घुमाउन सहज हुने गरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने प्रमुख कोइरालाले बताए । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उनले जानकारी दिए ।

प्रमुख कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताए । यसपटक रथयात्र महानगरको संयोजनमा हुँदैछ ।

महानगरको प्राविधिकसहितको निरीक्षण टोलीमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका बाबुराजा ओझा, कैलाश रेग्मी, कृष्ण कार्कीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार