भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ « Khabarhub

भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म ‘पठान’ र ‘आदिपुरुष’ पछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ ।

फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ । ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ ।

एएनआईका अनुसार दक्षिण भारतमा रजनीकान्तको क्रेज यतिसम्म छ कि उनको फिल्म रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : २१ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा