शौचालय गएर आउनू, स्कुटर हेरिदिन्छु भनेर स्कुटर चोर्ने र चोरीको स्कुटर किन्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

शौचालय गएर आउनू, स्कुटर हेरिदिन्छु भनेर स्कुटर चोर्ने र चोरीको स्कुटर किन्ने दुई जना पक्राउ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बहादुर तामाङको बा ५६ प ६३५४ नम्बरको होण्डा कम्पनीको कालो डिओ स्कुटर चोरी गर्ने र चोरिएको स्कुटर खरिद गर्नेलाई पक्राउ गरेको हो ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि तामाङ शौचालय गएका बेला स्कुटर चोरी गरेको आरोपमा विजयकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले तामाङलाई तपाई शौचालय गएर आउनु, स्कुटर हेरिदिन्छु भनी विश्वासमा लिएर उक्त स्कुटर, सोही स्कुटरको डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकता चोरी गरेको प्रहरीले जनाएको छ ।

उनलाई बिहीबार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी, उक्त स्कुटर खरिद गरेको आरोपमा प्रहरीले सरोज शाहीलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : २१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको