दशौं भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न « Khabarhub

दशौं भारत–नेपाल एलओसी समीक्षा बैठक सम्पन्न


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशौं नेपाल–भारत लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल भारत सहकार्य कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो । बैठकका लागि नेपाल आएको भारतीय टोलीले भारत सरकारको ऋण सहयोगमार्फत् निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेको थियो ।

भारतले नेपाललाई १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिटअनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ ।

यसरी प्राप्त ऋण रकम हालसम्म ४० भन्दा बढी सडक परियोजना, ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनःनिर्माण परियोजनामा खर्च भएको छ ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए भने भारतीय विदेश मन्त्रालयअन्तर्गतको विकास साझेदारी प्रशासनका सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए ।

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ५८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली