एकदिवसीय विश्वकपको खेल तालिका परिवर्तन « Khabarhub

एकदिवसीय विश्वकपको खेल तालिका परिवर्तन


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिकामा परिमार्जन भएको छ । भारत र पाकिस्तानबीचको खेलसहित नौ वटा खेलको तालिकामा परिवर्तन भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि नौ वटा खेलको मिति परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ । मिति परिवर्तन गरिए पनि खेल स्थल भने यथावत् राखिएको आईसीसीले जनाएको छ ।

एकदिवसीय विश्वकप क्रिकेट आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखम्म भारतमा आयोजना हुँदै छ । भारत र पाकिस्तानको बीच अहमेदवादमा हुनेछ । उक्त खेल अक्टोबर १५ तारिखमा खेलाइने गरी तालिकामा सार्वजनिक गरिएको थियो । तर, परिमार्जित मिति अनुसार, भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा खेलाइने छ ।

पाकिस्तान क्रिकेट बोर्डको लिखित आग्रहमा उक्त खेलको मिति परिवर्तन गरिएको बताइएको छ । यसका अतिरिक्त सुरक्षालाई आधार बनाएर पनि उक्त खेल एक दिन अगाडि सारिएको हो । भारत र पाकिस्तानबीचको खेल हुने भनिएको दिन (अक्टोबर १५) हिन्दुहरूको ठूलो पर्व नवरात्रीको पहिलो दिन परेको थियो । उक्त दिन अहमादाबादमा भव्य उत्सव हुने भएकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखी खेल एक दिन अगाडि सारिएको बताइएको छ ।

सबैभन्दा बढी पाकिस्तान, बङ्गलादेश र इङ्गल्यान्डका खेलहरूको मिति परिमार्जन गरिएको छ । पाकिस्तानको तीनवटा खेलको मिति परिवर्तन गरिएको छ । बङ्गलादेश र इङ्ल्यान्डको दुई—दुई खेलको मिति परिवर्तन गरिएको आईसीसीले जनाएको छ ।

अहमादाबादमा हुने भनिएको पाकिस्तान र श्रीलंकाबीचको खेल अब्टोबर १२ बाट अक्टोबर १० तारिखमा सारिएको छ । उक्त खेल दिवा—रात्री हुनेछ । लखनउमा हुने भनिएको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि अक्टोबर १३ बाट अक्टोबर १२ तारिखमा सारिएको छ ।

यसैगरी दिल्लीमा अक्टोबर १४ तारिखमा हुने भनिएको इङ्ल्यान्ड र अफगानिस्तानबीचको खेल अक्टोबर १५ तारिखमा सारिएको छ । चेन्नईमा अक्टोबर १४ तारिखमा हुने भनिएको न्युजिल्यान्ड र बंगलादेशबीचको खेल पनि अक्टोबर १३ तारिखमा सारिएको छ ।

यसैगरी नोभम्बर १२ तारिखमा पुणेमा हुने भनिएको अस्ट्रेलिया र बंगलादेशबीचको खेल नोभेम्बर ११ तारिखमा सारिएको छ । कोलकातामा हुने भनिएको इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल पनि एक दिन अगाडि सारेर नोभेम्बर ११ तारिखमा ल्याइएको छ । नोभेम्बर १२ तारिखमा कोलकातामा हिन्दुहरूको काली पूजा महोत्वस हुने भएकाले खेल एक दिन अगाडि सारेको बताइएको छ ।

(स्रोतः एनआई)

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ४७ बजे

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि