भारतद्वारा युक्रेनलाई मानवीय सहायता प्रदान « Khabarhub

भारतद्वारा युक्रेनलाई मानवीय सहायता प्रदान


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किभ- भारतले युद्धग्रस्त युक्रेनलाई मानवीय सहायता पठाएको छ । भारतले युक्रेनलाई मानवीय सहायताको १४ औँ खेप हस्तान्तरण गरेको हो ।

अत्यावश्यक औषधिलगायतका मानवीय सहायताका सामग्री युक्रेनका लागि भारतीय राजदूत हर्ष जैनले युक्रेनी उपस्वास्थ्यमन्त्री इहोर कुजिनलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहमा उपस्वास्थ्यमन्त्री कुजिनले भारत सरकारलाई मानवीय सहायताप्रति धन्यवाद ज्ञापन गरे । त्यसअघि भारतले युक्रेनलाई स्लिपिङ ब्यागहरु, कम्बल, पण्डालजस्ता सामग्री हस्तान्तरण गरेको थियो ।

भारतले युक्रेनमा जारी द्वन्द्वको समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै आएको छ । भारतले युक्रेनमा जारी द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिक संवादमा फर्कन बारम्बार आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको