नयाँ दिल्ली- एअर इण्डियाले आफ्नो प्रतीक चिह्न (लोगो) परिवर्तन गरेको छ । बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच एअर इण्डियाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।
नयाँ लोगोको नाम ‘द भिस्टा’ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एअर इण्डियाले आफ्नो लोगोमा रातो, सेतो र बैजनी रंगहरू कायमै राखेको छ ।
उक्त समारोहमा कम्पनीले आफ्नो नयाँ टेल डिजाइन र थिम गीत पनि सार्वजनिक गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यो लोगो आगामी डिसेम्बर २०२३ देखि प्रयोगमा आउने बताइएको छ । एअर इण्डियाले पछिल्लो समय नयाँ पहिचान र रिब्रान्डिङमा जोड दिँदै आएको छ ।
प्रतिक्रिया