खहरे खोलामा चल्यो महानगरको डोजर | Khabarhub Khabarhub

खहरे खोलामा चल्यो महानगरको डोजर


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिका–१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ ।

बूढानीलकण्ठ– १० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे खोला खुला गर्न काठमाडौँ महानगरले ल्याएको डोजर चलाउने सहमति गरिएको जानकारी दिए । उनले हिजो बिहीबार महानगरले कुनै सहमति तथा समन्वय नगरी आफ्नै हिसाबमा डोजर चलाउन शुरु गरेकोमा बूढानीलकण्ठ नगरपालिकाले विरोध गरेको स्पष्ट पारे।

बिहीबार बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकिएको थिएन । शुक्रबार नापी कार्यालय चावहिलमा भएको सहमतिमा काठमाडौँ महानगरपालिका–६ र ७ का वडाध्यक्षद्वव बिमल होडा, र भुवन लामा तथा बूढानीलकण्ठ–१० र १२ अध्यक्ष नवराज भट्टराई र शम्भुप्रसाद भट्टराईबीच दुबैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी जग्गा खहरे रेखाङ्कन गरी छुट्याउने सहमति भएको हो ।

काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले नापजाँचबाट सीमा यकिन गरी खहरेभाग छुट्याएपछि दीर्घकालिन समस्या समाधानको योजना बनाई खहरे तथा बाटो व्यवस्थापन गर्न वडाध्यक्षको लिखित सहमतिमा दोस्रो चरणको काम शुरु गर्ने योजनासमेत बनाएको बताए ।

बुढानीलकण्ठ नगरपालिका–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्न नापी कार्यालय चाबहिलमा पुग्नु भएका महानगरको वडा नं ६ र ७ का वडा अध्यक्ष र बुढानिलकण्ठको १० र १२ का वडा अध्यक्षबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा धोबीखोलादेखि साततल्लेसम्मको बुनपा १० र कामनपा ७ को सीमा भागमा नापजाँच भई वाल लगाई सकिएकाले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ‘ह्युम पाइप’ निकालिने छ भने आवागमन हुने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोकजस्ताको तस्तै राख्ने वा आवश्यकताअनुसार महानगरले बेलिब्रीज (पुल निर्माण) गरिने उल्लेख छ ।

दोस्रो बुँदामा साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा–६ मा दुबैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खहरे भाग रेखाङ्कन गरी छुट्याउने सहमति भएको छ ।

साथै तेस्रो बुँदामा नापजाँचबाट सीमा यकीन गरी खहरे भागसमेत छुट्याएपछि, दीर्घकालिन समस्या समाधान हुनेगरी योजना बनाई खहरे तथा बाटो व्यबस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाअध्यक्षको लिखित सहमतिमा दोश्रो चरणको काम सुरु गर्ने सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १० : ०२ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३