घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ? « Khabarhub

घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ?


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल प्राप्त हुने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्तु शास्त्रमा सङ्केतका रूपमा समेत बुझिन्छ ।

धेरैको घरमा परेवाले गुँड लगाएको देखिन्छ । गाउँघरतिर आफैँले जोडी परेवा किनेर ल्याएर पनि पाल्ने गर्छन् । परेवा एक शान्त स्वभावको पन्छी हो । जसका कारण जो कोहीले पनि परेवालाई अत्यन्तै मन पराउँछन् ।

परेवालाई माता लक्ष्मीको भक्त मानिन्छ । तसर्थ जुन घरमा परेवाको गुँड हुन्छ त्यस घरमा सदैव सुखशान्ति हुने मान्यता छ ।

विभिन्न मठ मन्दिरहरूमा गएर मानिस परेवालाई दैनिक पानी दाना दिने गर्छन् । परेवाले कसैको घर वरपर गुँड बनायो भने उनीहरूमा सकारात्मक प्रभाव पर्न सक्ने कयौँ विश्वास छ ।

वास्तुशास्त्र अनुसार कसैको घरमा परेवा आउन थालेको छ वा वरपर आफैँ गुँड बनाएर बसेको छ भने घरमा सुख, शान्ति र उन्नति मिल्ने सङ्केत हुनसक्छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ३० बजे

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ