व्यापार कुटनीतिका लागि सम्झौता कार्यान्वयन गर्नुपर्छ « Khabarhub

व्यापार कुटनीतिका लागि सम्झौता कार्यान्वयन गर्नुपर्छ



म व्यापार कूटनीतिको बारेमा मात्र कुरा गर्छु। म नेदल्याण्डमा पढ्दा मेरो एक जना सुपरभाइजर (पर्यवेक्षक) ह्याङ थोमस  थिए । उनी यो क्षेत्रको विज्ञ पनि हुन् । उनले आजभन्दा २५ वर्ष अगाडि भन्थे, ‘चाइना इज फ्लाइङ गुड, इन्डिया इन सिलिपिङ टाइगर’।

उनले चीन उडिसक्यो दोहोरो अंकमा गइसकेको छ। भारत भनेको सुतिरहेको चितुवा हो। भारत उठेर दौडिएपछि कसैले पछ्याउन सक्दैन भन्थे। त्यस कारण हामी नेपालजस्तो देशले के गर्छौँ त भन्दा तिमीहरूले यी दुई देशभन्दा अगाडि जान सकेनौँ भने पछाडि पर्छौ भन्थे। वास्तवमा हाम्रो अवस्था यही नै हो।

हामी ठूलाेठूलाे कुरा गर्छौँ। चीनसँगको अहिलेको हिसाब हेर्ने हो भने व्यापारलागत मैले युएन स्क्याप र विश्व बैंकले गरेको एउटा अध्ययनमा ११ देखि १८ सम्मको डेटालाई हेर्दा चीन र नेपालबीचको व्यापार लागत अहिले झण्डै २११ प्रतिशत छ।

नेपाल र भारतको ९५ प्रतिशत हो। अहिलेको अवस्थामा बङ्गलादेश २७० प्रतिशत छ। यसलाई नघटाई हामी व्यापारमा सफल हुन्छौं, व्यापार लागत घट्ला भनेर हामीले नसोच्दा पनि हुन्छ। अहिले गर्नु पर्ने कुरा नै यही हो।

चीन वास्तवमा अहिलेको अवस्थामा विश्वको सबभन्दा ठुलो उदियमान उपभोक्ता बजार हो। भारत पनि त्यो बजारलाई आफ्नो बनाएर माथि बढ्ने सोचमा छ। हामी त्यसलाई हेरेर अगाडि बढ्नुपर्छ।

म वाणिज्यमा हुँदा कुरा गर्न चाइनाबाट धेरै साथीहरू आउँथे । यस्ता भेटमा तिब्बतकै कुरा गर्दा उनीहरूको जनसंख्या थोरै छ। तर त्यहाँ कुनै सामान लानु पर्‍याे भने उसले अरु प्रदेशबाट लानुभन्दा नेपालबाट सस्तो पर्छ। तर, हामीले त्यो पाटोमा कहिल्यै ध्यानै दिन सकेका छैनौँ। भारतका पनि अहिले चार वटा राज्यलाई मात्रै ध्यान दिए पुग्छ भन्छु म।

अहिले २०२२ या ०२३ मा चीन र भारतसँग हाम्रो जम्मा व्यापारको १३ प्रतिशत ट्रेड चाइनासँग छ। त्यो १४ प्रतिशतमा २ प्रतिशत मात्रै रसुवागढीबाट क्यारी गरिरहेका छौँ। ११ प्रतिशत हाम्रो सामान अहिले पनि भारत हुँदै आइरहेको छ।

अर्को यदि ग्वान्जाओबाट नेपाल आउने हो भने १२ देखि १५ दिनभित्र काठमाडौं त्यो सामान आइपुग्छ। त्यही सामान विशाखापटनम बन्दरगाह मगाइरहेका छौँ। त्यहाँबाट सामान आइपुग्न ४२ दिन लाग्छ। समयको मूल्यलाई हेर्नुपर्‍याे ।

अहिले वास्तवमा प्रधानमन्त्रीको भ्रमणमा भनिरहेको छ। यो कुरालाई पनि  हेर्नुपर्‍याे । चीनसँग सम्झौता हामीले गर्यौं। तीन वटामा हस्ताक्षर भयो। त्यसको प्रोट्रोकलको वार्ता भएको थियो। त्यो वार्ता नेपालको तर्फबाट प्राविधिक रुपमा मैले नै नेतृत्व गरेको हुँ। त्यो वार्ता हामीले देशलाई नर्थ इस्ट देशलाई पनि हेर्न सक्छौँ भनेर गरिएको हो। तर त्यो कार्यान्वयन हुन अहिले पनि सकेको छैन। त्यसैले हामी सक्रिय हुनुपर्‍याे। चीनलाई त के छ र उसको कति प्रतिशत व्यापार छ हामीसँग ?

सन्धिमा नेपालको पूर्वाधार विकास भइसकेपछि हामी चीनले पाउने पहुँचको बारेमा छुट्टै वार्ता गर्छौँ भन्ने छ। त्यो किन राखियो भने यो ट्रेड सन्धि गर्ने बेलामै चीनको व्याकअप प्लानमा के थियो भने यसले हामीसँग सुरुमा तीन वटै वार्तामा वीरगन्जसम्म र काँकडभिट्टासम्म पहुँच देऊ भनेर मागेकै हो। उसले किन खोजेको थियो त ? काँकडभिट्टाबाट बंग्लादेश जान र उनीहरू त्यो देशसँग हामी छुट्टै वार्ता गर्छौ भन्थे।

चिनियाँहरु परिवर्तन भइसकेका छन्। कुनै बेला भारतसँग व्यापार सम्झौता गर्यौं। अहिले त्यसको नवीकरण गर्ने बेला भएको छ। त्यो बेला भारतको चीनमा व्यापारै थिएन।

अहिले भारतले १०३ बिलियन डलरको सामान चीनबाट आयात र २३ बिलियन डलर निर्यात गर्छ। चिनियाँहरु यति परिवर्तन भएका छन्। आर्थिक रूपमा अहिलेको अवस्थामा भारतको कयौँ उत्पादक कम्पनीले चीनबाट सामान ल्याएनन् भने उसको उद्योग बन्द हुन्छ। त्यो अवस्था हो।

अहिले महत्त्वपूर्ण कुरा भनेको चीनले नेपाल भएर भारत जान पायो भने त्यो उसलाई राम्रो हो। समय थोरै लाग्छ। १५ दिनमा त दिल्ली पुग्छ उसको सामान। आज ४२ दिन लागिरहेको छ। त्यो कुरालाई विचार गरेर हामीले ट्रान्जिट देशको रूपमा मात्र बस्ने कि ट्रान्सिपमेन्ट देशको रूपमा पनि विकास गर्ने ? मेरो भनाइ ट्रान्सिपमेन्ट देशको रूपमा नै हामी विकसित हुनुपर्छ भन्ने हो।
(काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव रवि शंकर सैंजुले राख्नुभएको धारणाको सम्पादित अंश)

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : ३१ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९