चितवनमा मृत गैँडाको खाग भेटिएन « Khabarhub

चितवनमा मृत गैँडाको खाग भेटिएन


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । 

निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हेर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशंका गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशंका गरिएको छ ।

गैँको कंकाल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कंकाल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशंका गरे । उनले भने, ‘खाग नभेटिएपछि चोरीशिकारको आशंकामा अनुसन्धान अघि बढाएका छौँ ।’

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । 

चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ ।  

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : २८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल