आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती  « Khabarhub

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती 


२५ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरूबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । 

‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजिनामा गर्ने बताए। ‘पटक पटकको घेराबन्दी तोडेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,’ उनले थपे । 

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब रहेका छन् । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो । 

नेपाली तथा तिब्बती भाषामा निकालिएका दुबै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरुको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो. सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा. ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ५ : ५७ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त