बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक  « Khabarhub

बर्जर पेन्ट्सद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक 


२५ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्जर पेन्ट्स नेपालले ‘बर्जर हाम्रो घर हाम्रो शान’ अफर सार्वजनिक गरेको छ। यो वर्षको दशैँ तिहारलाई लक्षित गर्दै  कम्पनीले उक्त अफर ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत एकजना विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीन जनाले जनही १ लाख र अन्य दश जनाले १० हजार नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने छ । घरधनीले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नेछन् ।

नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पुर्‍याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ । 

यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत  गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ६ : २९ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा