गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर « Khabarhub

गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृहले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ। यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरूवा भएको थियो।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरूवा भएको छ। सुबेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ।

रूपन्देहीका सिडिओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयमा सरूवा गरेको हो। गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रूपन्देहीको सीडीओमा सरूवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सिडिओमा सरूवा गरिएको छ। 

त्यस्तै दैलेखका सिडिओ गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको रूपमा सरूवा गरिएको छ। 

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरूवा गरी बागलुङका सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ।

महोत्तरीका सीडीओ दीपक कुमार पहाडी गृह मन्त्रालयमा तानिएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ०६ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु