विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज भदौ २५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ११ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लिबियामा भीषण बाढी, १५० जनाको मृत्यु
भूमध्य सागरमा उत्पन्न ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढी आउँदा १ सय ५० जनाको मृत्यु भएको छ ।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा ड्यानियल आँधीले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा १ सय ५० जनाले ज्यान गुमाएका बताए । ‘यहाँ मानवीय क्षतिबाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,’ उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न डेर्ना पुगेका बताएका छन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गठन भएको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सङ्क्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ । उद्धारमा खटिएका नौ जना सैनिक जवान सम्पर्कविहीन भएका छन् । पूर्वी लिबियामा आइतबार आँधीले जबल अल–अख्दारको भेगमा व्यापक क्षति गरेको छ ।

केही दिनअघि डेनियल आँधीका कारण ग्रीस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो ।

युरो क्षेत्रको आर्थिक वृद्धि शून्य दशमलव आठ प्रतिशतमा खुम्चिने प्रक्षेपण
युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धि दर १।१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।

युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ ।

आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ । युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’ लाई इङ्गित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भने, ‘यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्त ऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धिको गति निम्त्याएको छ ।’

सन् २०२३ का लागि २७ राष्ट्र सम्मिलित ईयूको आर्थिक वृद्धि दरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ । सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र ९युरोजोन० १।३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ । ईयूको आर्थिक वृद्धि दर आगामी वर्ष १।४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ ।

युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतकोतुलनाभन्दा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहने अनुमान गरिएको छ । युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को (२.८ प्रतिशत) को तुलनामा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रुस प्रस्थान गरेका छन् । उनी चढेको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको हो ।योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ ।

कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ ।

अमेरिकी र अन्य अधिकारीहरूले हालै द न्यूयोर्क टाइम्सलाई बताएअनुसार किम पुटिनलाई भेट्न रूसको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोक जाने सम्भावना छ ।

प्योङयाङको ऐतिहासिक सहयोगी रूस दशकौंदेखि उत्तर कोरियाको महत्वपूर्ण समर्थक थियो र उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ ।

उत्तर कोरियाली नेता किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै आएका छन्, जसमा रकेट र क्षेप्यास्त्र आपूर्ति पनि समावेश छ ।

गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’ को प्रशंसा गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता
साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनेछ ।

दुवै नेताबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ । साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ ।

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । यसैबीच, मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी–२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिए।

जी–२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत–मध्य पूर्व–युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी करिडोर सुरु गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ईयू, फ्रान्स, इटाली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो ।

जी–२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भने, ‘हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक करिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौं । यो महत्वपूर्ण आर्थिक करिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताए । यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रुअरीमा भारतको राजकीय भ्रमण गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए । भारतको तीन दिने राजकीय भ्रमणमा आएका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी–२० शिखर सम्मेलनमा सहभागी भएका थिए ।

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सह–अध्यक्षता पनि गर्नेछन् ।

मोरक्कोमा गएको भूकम्पमा परी थप एक सयको मृत्यु भएको पुष्टि

मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ ।
सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपतकालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन् ।

यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचिन शहर मराकेश र यसको बाहिरी इलाकामा तीन लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन् ।

हताहतहुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कन रेड क्रिसेन्ट (एमआरसी) ले उक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ, ‘पहाडी भूगोलका कारण खोजी र उद्धार प्रयासका लागि ठूलो चुनौती खडा गरेको छ । एटलस पर्वतका ती दुर्गम क्षेत्रहरूमा ठूला मेशिनरी साधनहरू प्राप्त गर्नु उद्धारका लागि प्राथमिकता रहेको छ ।’

‘भग्नावशेषबाट धेरै मानिसलाई बाहिर निकाल्ने क्रममा एमआरसी र अन्य उद्धार समूहहरूले सबैभन्दा गम्भीर क्षति भएका स्थानहरू पहिचान गर्न र प्राथमिकता दिन चौबिसै घण्टा काम गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ५९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई