मोरक्को भूकम्प : अभिनेत्री नोरा फतेहीद्वारा दुःख व्यक्त « Khabarhub

मोरक्को भूकम्प : अभिनेत्री नोरा फतेहीद्वारा दुःख व्यक्त


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान आएको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत यो कठिन घडीमा मोरक्कोलाई हरसम्भव मद्दत गर्नका लागि तत्पर छ ।’ चलचित्र उद्योगसँग सम्बद्ध डान्सर, मोडल तथा अभिनेत्री नोरा फतेहीले सहयोगको प्रस्तावका लागि मोदीलाई धन्यवाद दिएकी छिन् ।

नोराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘यति ठुलो सहयोगको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ! यस बारे चेतना जगाउने र सहयोगी हात बढाउने सुरुवाती देशमध्ये तपाईं एक हुनुहुन्थ्यो । यसका लागि मोरक्को जनता धेरै आभारी र कृतज्ञ छन् । जय हिन्द ।’

मोदीले ट्विट गर्नुअघि नोरा फतेहीले शनिबार इन्स्टाग्राममा लेखेकी थिइन्, ‘आज मोरक्कोमा भूकम्पको खबर हृदय विदारक छ ! धेरै सहरमा यसको नराम्रो असर परेको र धेरैको ज्यान गएको जानकारी पाइरहेको छु । म अहिले सबैका लागि दुःखी छु ।’

उनले सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेको लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यो निकै डरलाग्दो छ । म ईश्वरलाई धन्यवाद दिन्छु कि हाम्रा मित्र र परिवारका सदस्य सुरक्षित छन् । जसले यो विपतमा आफ्नो प्रियजन गुमाएका छन्, उनीहरुप्रति मेरो समवेदना ।’

नोरा फतेही मोरक्को मूलकी क्यानेडेली नागरिक हुन् । उनी हाल आफ्नो कामका लागि भारतमा छिन् । उनले थुप्रै फिल्म र गीतमा काम गरिसकेकी छिन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ५४ बजे

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला