आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना « Khabarhub

आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतङ्कवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा आज न्यूयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ । सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ ।

नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणमा हो । यो आतङ्कवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिए भने छ हजारभन्दा बढी घाइते भएका थिए । दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो ।

आतङ्कवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रुवाहक चार वटा अमेरिकी विमान अपहरण गरेर न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका एक सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेका थिए । राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए ।

चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्सेल्भेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो । चार वटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतङ्कवादी सवार थिए । उक्त आक्रमणमा १९ जना आतङ्कवादीले पनि ज्यान गुमाएका थिए ।

जुम्ल्याहा भवन पनि भनिने वल्र्ड ट्रेड सेन्टरमा मारिएका केहीको पहिचान स्थापित गर्न २२ वर्ष नै लागेको छ । गत साता मात्र दुई जनाको डिएनए परीक्षणबाट ज्यान गएको पुष्टि भएको छ । एघार नोभेम्बरका दिन भएको हताहतिबाहेक विमान विष्फोटसँगै भवन भत्किँदा उत्पन्न विषाक्त हावा एवं भग्नावशेषका कारण हजारौ बिरामी भए भने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या पनि उल्लेखनीय रहेको छ ।

बितेका २२ वर्षमा आफूले नाइन इलेभेनमा काम गरेका आफ्ना तीन सय ४१ जना साथी श्वासप्रश्वाससम्बन्धी रोगबाट गुमाएको वारुणयन्त्र कर्मचारी सङ्घका अध्यक्षले बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ३८ बजे

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको

रास्वपाको उदय र दिशाहीन परराष्ट्र नीतिको निरन्तरता

विगत एक दशकभन्दा पनि लामो समयदेखि नेपालको परराष्ट्र नीति अस्थिर

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक