आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना | Khabarhub Khabarhub

आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतङ्कवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा आज न्यूयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ । सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ ।

नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्कवादी आक्रमणमा हो । यो आतङ्कवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिए भने छ हजारभन्दा बढी घाइते भएका थिए । दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो ।

आतङ्कवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रुवाहक चार वटा अमेरिकी विमान अपहरण गरेर न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका एक सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेका थिए । राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए ।

चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्सेल्भेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो । चार वटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतङ्कवादी सवार थिए । उक्त आक्रमणमा १९ जना आतङ्कवादीले पनि ज्यान गुमाएका थिए ।

जुम्ल्याहा भवन पनि भनिने वल्र्ड ट्रेड सेन्टरमा मारिएका केहीको पहिचान स्थापित गर्न २२ वर्ष नै लागेको छ । गत साता मात्र दुई जनाको डिएनए परीक्षणबाट ज्यान गएको पुष्टि भएको छ । एघार नोभेम्बरका दिन भएको हताहतिबाहेक विमान विष्फोटसँगै भवन भत्किँदा उत्पन्न विषाक्त हावा एवं भग्नावशेषका कारण हजारौ बिरामी भए भने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या पनि उल्लेखनीय रहेको छ ।

बितेका २२ वर्षमा आफूले नाइन इलेभेनमा काम गरेका आफ्ना तीन सय ४१ जना साथी श्वासप्रश्वाससम्बन्धी रोगबाट गुमाएको वारुणयन्त्र कर्मचारी सङ्घका अध्यक्षले बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ३८ बजे

जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण सुरु

दमौली– तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक

पुष्पा र अञ्जलीलाई पठाइयो कोशी टप्पु

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज

काठमाडौंमा चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ– आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरूको काठमाडौंमा प्रदर्शन गरेका छन्

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं– काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेलिरहेको अवस्थामा

रीत-२ को घोषणा

काठमाडौं– फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरले फिल्म ‘रीत’ को सिक्वेल ‘रीत