पीसीओडी महिलाको कस्तो प्रजनन समस्या हो ? | Khabarhub Khabarhub

पीसीओडी महिलाको कस्तो प्रजनन समस्या हो ?


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

नेपालमा पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) बढ्दै गएको छ। २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै बढेको तथ्यांकले देखाएको छ। कतिपय महिलालाई यो रोगको कारण नै थाहा नहुनु पनि समस्या मानिएको छ। आफ्नो जीवन शैलीलाई धेरै बिलासी बनाउँदा पनि यस्ता समस्या बढेका छन्। यस्तै विषयमा आधारित रहेर खबरहबका लागि प्रजनन् रोग विशेषज्ञ डा. निजा राजभण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

महिला प्रजनन स्वास्थ्यमा पीसीओडी कस्तो समस्या हो ?
यो समस्या महिलाको शरीरमा हर्मोन डिसअर्डर भएपछि देखा पर्दछ। यो ‘हेरिडिटी’ले गर्दा पनि हुनसक्छ। यो सबै जनामा देखिँदैन। यो अहिलेको जीवनस्तर जहाँ बाहिरका खानेकुरा ‘जङफुड’हरू खाँदा त्यसले मोटोपना बढ्छ। मोटोपन बढेपछि महिलामा यो समस्या देखिएको छ। पहिलाको जमानामा डाइग्नोसिस थिएन होला। तर, अहिले यो धेरै देखिएको छ।

यसका के कस्ता लक्षण देखा पर्दछन् ?
महिनावारीको समयमा समस्या भयो भने जाँच गर्नुपर्छ। २१ दिन भन्दा कम र ३५ दिन भन्दा बढीमा महिनावारी भयो भने जाँच गर्नु पर्दछ। यो समस्या भएपछि पिम्पल्स आउने, शरीरमा धेरै कपाल आउने गर्छ। कसैलाई बच्चा चाहेको छ। तर, बच्चा भएको छैन भने पनि यो हो कि भन्ने बुझ्नु पर्दछ।

यो समस्या कुन उमेर समूहका महिलामा बढी देखिने हो ?
यो धेरै महिनावारी सुरु हुने समयमा नै हुन्छ। त्यसैले १५ देखि ४५ वर्षसम्म धेरै हुन्छ भनेर भन्न सकिन्छ। कसैको पहिला नै हुन्छ। जाँच नगर्दा निःसन्तान समस्या पनि ल्याउँछ।

यसले दीर्घकालीन रूपमा कस्तो असर गर्ने हो ?
जो महिलामा पोलिस्टिक ओभरियन्स धेरै रहेको हुन्छ। एउटा मात्र अण्ड बन्ने ठाउँमा धेरै अण्ड बन्ने हुँदा हाम्रो शरीरमा यो स्टेचिङ भन्ने हर्मन धेरै बन्ने हुन्छ। त्यस्तो हुँदा ४० वर्ष कटेपछि अरू महिलाको तुलनामा उनीहरूमा पाठेघरको क्यान्सर धेरै देखिने हुन्छ। मोटोपना धेरै हुने, इन्सुलिनको मात्रा पनि बढ्ने हुनाले मुटुमा समस्या देखिने हुन्छ।

यसले निःसन्तानपन मात्र निम्त्याउने हो ?
कुनै महिलाहरूमा महिनावारी नियमित भएन, डिम्बाशयबाट अण्ड निस्किएन भने निःसन्तान समस्या आउँछ। पोलिसिष्टिकमा पनि इन्सुलेन्ट हर्मोन शरीरमा उपयोगी हुन पाउँदैन। जसले गर्दा पछि गएर अरू समस्या पनि आउन सक्छ। जस्तो डाइबिटीज हुनसक्छ। मोटोपन बढ्दै जान्छ। महिनावारी नियमित भएन भने पाठेघरको भित्रको रगत बग्ने र क्यान्सर पनि हुनसक्छ।

यो समस्या वंशानुगत रुपमा पनि हुने हो ?
कसै–कसैमा समस्या आउन सक्छ। तर, एउटामा आयो भने अर्कोमा जसरी पनि आउनै पर्छ भन्ने छैन। यसको लागि नियमित जीवनशैली राम्रो बनाउनुपर्छ। नियमित जीवन शैली नै यसको उत्तम उपचार विधि बन्नसक्छ।

उपचार पश्चात पहिलाकै अवस्थामा आउने सम्भावना कति हुन्छ ?
पोलिसिष्टिक भनेको एउटा कन्डिसन हो। एक पटक रह्यो भने यो छ भन्ने हुन्छ। यसको लागि कसरी नियन्त्रण गर्ने भन्नेमा भर पर्दछ। यसको पहिलो नियन्त्रण गर्ने भनेको मोटोपन नियन्त्रण हो। मोटोपन नियन्त्रण गर्न सकियो भने पहिलाकै अवस्थामा आउन पनि सक्छ।

यो समस्या देखा परेपछि घरमा नै केही गर्न सकिन्छ कि अस्पतालमा नै जानुपर्छ ?
यो उमेर अनुसार भर पर्दछ। भर्खर १५ देखि २१ वर्ष हुनुहुन्छ भने कम्तीमा पनि वर्षमा चार पटक महिनावारी हुनै पर्दछ। त्यो समयमा पहिलो पटक महिनावारी हुने हुँदा अलिअलि गडबडी हुन्छ। त्यो बेला नियमित नहुन पनि सक्छ। तीन महिनामा एक पटक भयो भने जाँच गराउनैपर्छ भन्ने छैन। तर, तौल धेरै छ भने पछि गएर प्रेसर, डाइबिटीज बढी हुने भएकोले हामीले पहिला तौल घटाउन मद्दत गराउँछौ। किशोर अवस्थामा पिल्ल चक्की दिन्छौं। यसले परिवार नियोजनको रूपमा मात्र काम नगरेर महिनावारी समयमा गराउँछ। २० देखि ३० वर्ष माहिलालाई जो भर्खर विवाह गर्नु भएको हुन्छ, उहाँहरूमा निःसन्तानको समस्या हुन्छ। जसलाई हामी अण्ड बन्ने औषधि दिन्छौँ। जुन मुखबाट पनि खान मिल्छ। लो–डोजको हर्मनलाई सुइबाट पनि गर्न सकिन्छ। बाहिरबाट हर्मन दिएर जाँच गछौँ। त्योबाट पनि भएन भने हामी आईबीएफमा जान्छौँ। कडा डोजमा हर्मन प्रयोग गरिन्छ।

यो समस्या आउन नदिन के के कुरामा ध्यान दिने ?
आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ। शारीरिक व्यायाम गर्ने, मोटोपन पनि घटाउने खानपानमा विशेष ध्यान दिने महिनावारीको समयमा जाँच गर्ने गर्नुपर्छ। १८ वर्ष पुगेपछि एक पटक स्त्री रोग विशेषज्ञलाई भेट्ने गर्दा राम्रो हुन्छ। एक पटक यौन सम्पर्क भएपछि विवाह भए पनि नभए पनि स्त्री रोग विशेषज्ञलाई भेट्दा पीसीओडी मात्र नभई शरीरमा भएको अरू समस्याको पनि पहिचान हुन्छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ०४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको