काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने « Khabarhub

काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । 

आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यसअघिका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पराजित भएको थियो भने बंगलादेशलाई हराएको थियो । पाकिस्तानले भने उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो ।

नेपालले यसपछि असोज २६ गते साउदी अरेबिया र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, साउदी अरेबिया, श्रीलंका र उज्वेकिस्तान सहभागी छन् ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : २३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही