काठमाडौँको बागमती किनारमा एक युवकको शव फेला « Khabarhub

काठमाडौँको बागमती किनारमा एक युवकको शव फेला


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बागमती नदी किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन्।

आज बिहान काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा काठमाडौँको बालाजु गोलढुंगा घर भएका शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

शव फेला परेको स्थानबाट प्रयोग भएको सिरिञ्ज र मृतको मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा अन्य चोट नदेखिएको  र थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार