काठमाडौँको बागमती किनारमा एक युवकको शव फेला | Khabarhub Khabarhub

काठमाडौँको बागमती किनारमा एक युवकको शव फेला


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बागमती नदी किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन्।

आज बिहान काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा काठमाडौँको बालाजु गोलढुंगा घर भएका शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

शव फेला परेको स्थानबाट प्रयोग भएको सिरिञ्ज र मृतको मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा अन्य चोट नदेखिएको  र थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : २० बजे

पोखराको एलजीले जित्यो भिमाद कपको उपाधि

दमौली – तनहुँको भिमाद नगरपालिका–६ मा आज सम्पन्न खेलमा भिमाद

राजावादीको ढोक्सामा कति छ जनमत ?

काठमाडौं– के नेपालमा गणतन्त्रविरोधी÷राजावादी जनमत बढ्न थालेको हो ? सडक

सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

सिरहा – सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २९,