हाम्रो पे क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने « Khabarhub

हाम्रो पे क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । 

बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत ‘हाम्रो पे’को भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने छ ।

हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए÷नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआउने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने समस्या समाधान गर्न ‘हाम्रो पे’ले अडियोसहितको क्यूआर ल्याएको हो ।

हाम्रो पेले बुधबार काठमाडौँ स्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात गरेको हो । हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो ।

मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकमसहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो ।

हाम्रो पेको मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ । तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने (रेन्टल) गरी दुई विकल्प दिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको