भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर « Khabarhub

भेप सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत् अदालतमा मुद्दा दर्ता गरिएको हो । 

विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजना विरुद्ध आज मुद्दा दायर भएको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।

पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौँको नागार्जुनका लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन्।

नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ। बेल्जियन नागरिक दावा ६० किलो सुन तस्करी प्रकरणको पनि मुख्य अभियुक्त हुन्। 

९ किलो सुनको बिगो ५ करोड रुपैयाँभन्दा बढी भएकाले ५ वर्षसम्म कैद हुनुपर्ने मागदाबी गरिएको छ। 

उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १२ : ४२ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका