सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती « Khabarhub

सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले स्वर्ण जयन्ती मनाएको छ ।

बुधबार सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा आयोजित एक कार्यक्रममा स्वर्ण महोत्सव सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।

उनले पचास वर्षको अवधिमा इन्स्टिच्युटले थुप्रै आरोह-अवरोहबीच हजारौँ सक्षम विद्यार्थी उत्पादन गरेको र ती विद्यार्थीहरूले स्वदेश र विदेशमा रहेर विद्यालयको शिर उँचो बनाउन महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनयन इस्टुका अध्यक्ष राजु दुवाडीले आफ्नो शुभकामना मनतव्य प्रस्तुत गरेका थिए । उनले इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको योगदानको स्मरण समेत गरेका थिए । सिद्धार्थ वनस्थली इन्स्टिच्युटलाई यो स्थितिमा ल्याइपुऱ्याउन राजवंशीको  महत्वपूर्ण योगदान र भूमिका रहेको उनले उल्लेख गरेका थिए ।

उनले सिद्धार्थ वनस्थली इन्स्टिच्युट राजवंशीको पर्यायवाचीको रुपमा रहेको समेत उल्लेख गरेका थिए ।  यससँगै उक्त विद्यालयका पूर्वशिक्षक टेकप्रसाद घिमिरेले पनि आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । 

वि. सं. २००८ मा स्थापित वनस्थली विद्याश्रम, बालाजुसँग २०३० सालमा सिद्धार्थ इङ्लिस स्कुल, कमलपोखरी गाभिएर लक्ष्मण राजवंशी संस्थापक प्राचार्य भई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको स्थापना भएको र पछि लक्ष्मण राजवंशीकै पहलमा सिद्धार्थ वनस्थली इन्स्टिच्युट नाम रहन गएको हो ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सिद्धार्थ वनस्थली इन्स्टिच्युट, सार्वजनिक शैक्षिक गुठी पनौती शाखाका अध्यक्ष  क्याप्टेन रामेश्वर थापा, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पूर्वविद्यार्थीहरू, पूर्वशिक्षक, विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, पत्रकार, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ३९ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित