अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प | Khabarhub Khabarhub

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा बुधबार छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ । भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ ।

शनिबार हेरातमा २० गाउँका एक हजार नौ सय ८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासा गरेको छैन ।

तालिबान नेतृत्वको मन्त्रालयले सोमबार भूकम्प गएको क्षेत्रमा एक हजार व्यक्तिसहित ३५ राष्ट्रिय तथा विदेशी उद्धार तथा खोज कार्यमा रहेको जनाएको खामा प्रेसले बताएको छ ।

तालिबानले भग्नावशेषमा पुरिएका उद्धार र राहत कार्य जारी रहेको बताएको छ । हेरात भूकम्पका पीडितहरूलाई युरोपेली युनियन र विश्व स्वास्थ्य सङ्गठनले नगद, खाद्यान्न र चिकित्सा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : २२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको