म्याग्दी नदीमाथि झोलुङ्गे पुल बनेसँगै आवागमनमा सहज « Khabarhub

म्याग्दी नदीमाथि झोलुङ्गे पुल बनेसँगै आवागमनमा सहज


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको मालिका गाउँपालिका-१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । रू ५९ लाख नौ हजार तीन सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । 

विसं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताए। 

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ०३ बजे

सामाजिक सञ्जालका ‘ज्ञानी’ माथि दीपकराजको व्यंग्य, ‘लाखौँ सुकरात, ओशो र बुद्ध जन्मिए’

काठमाडौं– सामाजिक सञ्जालमा पछिल्लो समय हरेक विषयमा ज्ञान बाँड्ने र

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध

‘सारथी’ले पायो ५० भन्दा बढी शो, प्रदर्शनअघि सार्वजनिक भयो शीर्ष गीत

काठमाडौं– विकट गाउँको जीवन, मानवीय संवेदना र सम्बन्धको कथा बोकेको

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन

काठमाडौं– अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलका लागि आयोजना गरेको