बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन लेखा समितिको निर्देशन « Khabarhub

बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन लेखा समितिको निर्देशन


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरुजुको लगत कार्यालयस्तर र केन्द्रीय स्तरमा राख्नुपर्ने व्यवस्थाअनुसार बेरुजुको अद्यावधिक लगत समितिलाई उपलब्ध गराउन सरकार र लेखा उत्तरदायी अधिकृतहरूलाई निर्देशन दिएको हो । 

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार असुलउपर गर्नुपर्ने रकम कानुनी व्यवस्थाअनुसार असुलउपर गर्न गराउन केन्द्रीय तहसिल कार्यालयमा तत्काल पठाउन र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ भने हरेक आर्थिक वर्षमा घट्दो पुँजीगत खर्च र वर्षातमा पनि लक्ष्य अनुरूप नहुने परिस्थितिलाई अन्त्य गर्ने अवस्था सृजना गर्न, गराउन पनि निर्देशन दिएको छ ।

त्यस्तै बैठकले सरकारबाट जारी गरेको मितव्ययीतासम्बन्धी निर्देशिकाको अनिवार्य पालना गर्न, गराउन र लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थाहरूको महालेखा परीक्षकको कार्यालयबाट तत्काल लेखापरीक्षण गर्न समेत निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । त्यस्तै बैठकले आन्तरिक खर्च प्रणालीलाई मितव्ययी र नियमानुसार नियन्त्रण गरी प्रभावकारी बनाउन र लेखा समितिले उत्तरदायी अधिकृतहरूले सार्वजनिक सम्पत्तिको सदुपयोगको सुनिश्चितता निर्देशन दिइएको उनले बताए ।

सभापति पोखरेलले देशको समग्र आर्थिक परिसूचकहरू कमजोर रहेको विद्यमान अवस्थामा बेरुजु नियन्त्रण गर्ने कार्यलाई प्राथमिकताका साथ सम्पादन गर्नुपर्ने बताए । समितिले बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ५८ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ