डेङ्गी बढ्यो, परीक्षण किट छैन « Khabarhub

डेङ्गी बढ्यो, परीक्षण किट छैन


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बलेवा– जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको गुनासो गरे । स्वास्थ्य कार्यालयले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण कीट भित्र्याउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औँल्याउँदै मङ्गलबार डेङ्गी, स्क्रब टाइफस, सापुलगायतको जोखिमबारे सरोकारवालाको ध्यानाकर्षण समेत गरायो । 

जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती समस्याबारे प्रस्तुती गर्दै लामखुट्टे, सेतो पुतली र मुसामा लाग्ने भुसुनाबाट जोगिनुपर्नेमा जोड दिए। अहिले डेङ्गी परीक्षणको कीट नभएकोले रगत  परीक्षण गर्न नसकिएको उनको भनाइ थियो । स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘तनहुँमा महामारी भएकाले धेरै सेवा उतै गएको छ, भोलि यहाँ पनि सङ्क्रमण बढ्ने अवस्था छ, त्यसका लागि मन्त्रालय तहसम्म पहल गरेर कीट तयारी राख्नुपर्छ ।’ धौलागिरि अस्पतालले पाँच सय कीट मागेकामा अहिलेसम्म नआएको उनको गुनासो थियो । 

अस्पतालमा आउने बिरामीमध्ये  ३० प्रतिशत ज्वरोका मात्रै भएको  तथ्याङ्क छ । ‘दैनिक पाँच सयसम्म बिरामी आइरहेका छन्, तीमध्ये ३० प्रतिशत ज्वरोका छन्,’ प्रमुख शर्माले भने, ‘अहिलेको महामारी भएकोले सबैको डेङ्गी परीक्षण गर्न चाहे पनि सकिएको छैन ।’ अस्पतालमा आइतबारसम्म परीक्षण भएका एक सय ३९ डेङ्गीका सङ्क्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गीका बिरामी धेरै भेटिएको बताउँदै उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास भए पनि दैनिक बिरामी बढेको छ भने। 

कीट व्यवस्थापनका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति स्वास्थ्य कार्यालय तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो दिएका थिए ।

 चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुन र परीक्षणको दायरा बढाउन तत्काल कीट तथा औषधिको भण्डारण बढाउन उनीहरुले सुझाव दिएका थिए । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : ०४ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र