एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली « Khabarhub

एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दाबी गरे ।

तराईमा सिँचाइको पहुँच पुर्‍याउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषालगायतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने दाबी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरी एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ३५ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा