रक्षामन्त्री खड्काद्वारा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ « Khabarhub

रक्षामन्त्री खड्काद्वारा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’ को नेतृत्व गरिरहेको छ ।

पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए ।

‘पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।’ उपप्रधानमन्त्री खड्काले जनता देशका मालिक र जनप्रतिनिधि तथा कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्‍याउने बताए ।

उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सेवा प्रवाह पनि सोहीअनुसार सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : १३ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२