टीकापुरबाट अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

टीकापुरबाट अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कैलालीको टीकापुरबाट अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपैयाँ र  ६ लाख २३ हजार  नेपाली रुपैयाँ बरामद गरेको हो । उनीहरू चढेको एक भारतीय नम्बर प्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।

अहिले नगदसहित समातिएका उनलाई  राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ । उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार