नक्कली नोटसहित तनहुँबाट दुई जना पक्राउ « Khabarhub

नक्कली नोटसहित तनहुँबाट दुई जना पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नक्कली नोटसहित तनहुँबाट प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ।

व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण रामदास र तनहुँको ऋषिङ गाउँपालिका(३ का २४ वर्षीय सुरज सुनुवारलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : ४८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई