इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने | Khabarhub Khabarhub

इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।

बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार नेपाल वायुसेवा निगमको विमान आज राति इजरायलतर्फ प्रस्थान गर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ८ : ५३ बजे

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन

लुम्बिनीबाट ओलीले भने– सर्वनाशक हतियार निर्माण र थुप्रो लगाउने काम विश्वका लागि खतरनाक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको