विश्वकपमा भारतको उत्कृष्ट जित, रोहितको कीर्तिमानी शतक | Khabarhub Khabarhub

विश्वकपमा भारतको उत्कृष्ट जित, रोहितको कीर्तिमानी शतक


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानविरुद्ध उत्कृष्ट जित दर्ता गरेको छ । कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा भेट्टायो । भारतका लागि कप्तान शर्माले ८४ बलमा १३१ बनाए ।

खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान तोडेका हुन्।

यस्तै उनले डेभिड वार्नरले सबैभन्दा कम पालीमा एकदिवसीय विश्वकपमा १ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बराबरी गरे । वार्नर र शर्माले १९ पालीमा एक हजार रन पुरा गरेका छन् ।

साथै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । शर्माले मात्र ६३ बलमा शतक पुरा गरेका थिए । जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो । यसअघि सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए ।

भारतका लागि ईशान किशनले ४७, विराट कोहलीले ५५ र श्रेयस ऐर २५ रनको योगदान दिए । अफगानिस्तानका राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए ।

यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । उसका लागि कप्तान हसमतुल्लाह शाहीदीले सर्वाधिक ८० रन बनाए ।

यस्तै जमतुल्लाह ओमरजाईले ६२, ओपनर रहमाउल्लाह गुरबाजले २१, अर्का ओपनर इब्राहिम जद्रान २२, रहमात शाह १६, मोहम्मद नाबी १९, नाजिबउल्लाह जद्रान २, राशिद खान १६, मुजिब उररहमान १० र नविन उल हकले ९ रन बनाएका थिए ।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ४० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि