विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : ओली « Khabarhub

विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : ओली


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गरेका छन् ।

नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबीसमेत गरे ।

“एमालेले नै कमजोर, असहाय, ज्येष्ठ नागरिक, सडकमा जीवन बिताउने नागरिकदेखि बालिकाको आत्मसम्मानका लागि सहुलियतको अभियान अगाडि बढाएको हो । एमालेले नै विकासका लागि सडक, बाटोघाटो, स्वास्थ्य, शिक्षा, उद्यमशीलतालगायत विकासको जग बसाल्दै देशलाई रेल युगमा प्रवेश गराएको हो”, अध्यक्ष ओलीले भने ।

नेता ओलीले विसं २०७४ को चुनावपछिका तीन वर्ष आफू नेतृत्वको सरकारले गरेका कामको गति देखेर धेरैलाई जलन भएको आरोप लगाए ।

देशको विकासका लागि आगामी चुनावमा वडा तहदेखि नै पार्टीको कम्तीमा ५१ प्रतिशत सिटका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आम नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : ०० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका