विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : ओली « Khabarhub

विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : ओली


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गरेका छन् ।

नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबीसमेत गरे ।

“एमालेले नै कमजोर, असहाय, ज्येष्ठ नागरिक, सडकमा जीवन बिताउने नागरिकदेखि बालिकाको आत्मसम्मानका लागि सहुलियतको अभियान अगाडि बढाएको हो । एमालेले नै विकासका लागि सडक, बाटोघाटो, स्वास्थ्य, शिक्षा, उद्यमशीलतालगायत विकासको जग बसाल्दै देशलाई रेल युगमा प्रवेश गराएको हो”, अध्यक्ष ओलीले भने ।

नेता ओलीले विसं २०७४ को चुनावपछिका तीन वर्ष आफू नेतृत्वको सरकारले गरेका कामको गति देखेर धेरैलाई जलन भएको आरोप लगाए ।

देशको विकासका लागि आगामी चुनावमा वडा तहदेखि नै पार्टीको कम्तीमा ५१ प्रतिशत सिटका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आम नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : ०० बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि