पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक « Khabarhub

पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- विश्व बैंकले गहिरो आर्थिक समस्यामा फसेको पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग रहेको जनाएको छ ।

विश्व बैंकलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएअनुसार पाकिस्तानजस्तो विकासशील मुलुकको कूल ग्राहस्थ उत्पादन र करको अनुपात कम्तीमा १५ प्रतिशत हुनुपर्ने भएपनि हाल केबल ११ दशमलब ६ प्रतिशत रहेको छ ।

विश्व बैंकले यस्तो अवस्थामा मुलुकका प्रमुख औद्योगिक एवम् आर्थिक क्षेत्रलाई लक्षित गरी कर संकलनलाई वृद्धि गर्नसमेत आग्रह गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व बैंकले पाकिस्तानको कर संकलन दर यस क्षेत्रकै सबैभन्दा न्यून रहेको र तत्काल सुधार हुने सम्भावना नरहेको उल्लेख गरेको छ । बैंकले कृषि, घरजग्गा, खुद्रा, सुर्तीजन्य पदार्थमा थप कर लगाउनसमेत पाकिस्तानलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : ०३ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६