सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन | Khabarhub Khabarhub

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लिक्षत गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले डोटी र बैतडीबाहेक सुदूरपश्चिमका सात जिल्लामा सुपथ मूल्य पसल गत आइतबारदेखि सञ्चालनमा आएको जानकारी दिए । “चाडपर्वलाई लक्षित गरी चामल प्रतिक्विन्टल रु पाँच सय छुटमा पसलबाट बिक्री गरिँदैछ”, उनले भने, “आगामी मङ्सिर ३ गतेसम्म उक्त पसल सञ्चालन हुनेछन् ।”

उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यहाँ सुपथ मूल्य पसल सञ्चालन गरिँदै अएको छ । यहाँका पहाडी जिल्लाका लागि चालु आर्थिक वर्षको सुरुआतमा ४० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ ।

“कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको छ । अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा झण्डै ३७ बिक्री केन्द्र सञ्चालमा छन्”, प्रमुख बस्नेतले भने, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आवमा १७ हजार क्विन्टल चालम बिक्री भएको थियो भने चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । दार्चुलाको खण्डेश्वरी डिपोबाट वार्षिक दुई हजारदेखि चार हजार क्विन्टलसम्म चामल बिक्री गरिन्छ । चालु आवमा खडेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने प्रमुख बस्नेतले बताउनुभयो । यहाँ बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यको शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आवमा ४४ हजार क्विन्टन चामल खपत भएको थियो ।

त्यसैगरी साल्ट्र टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालयले पनि यहाँका सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सो कार्यालयले पनि चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा रु दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दैआएको कार्यालयका सहायक प्रवन्धक तेजबहादुर कुवँरले जानकारी दिए । उनले सुदूरपश्चिममा कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटीको दीपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए ।

“गत वर्ष चिनी अभावले नुन मात्रै बिक्री ग¥यौँ”, उनले भने, “यस वर्ष धनगढी र अत्तरीयामा नुन, चिउरा, तेल, पिठो, मैदा र दाल बिक्री गर्दैछौँ, बाँकी ठाउँमा नुन मात्र बिक्री गर्दैछौँ ।”

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : ४० बजे

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियामा, नेता किमद्वारा स्वागत

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् ।

दसैंमा ‘छक्का पञ्जा’ र ‘निश्चिल’को टिमको प्रतिस्पर्धा ?

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा वैशाख १ गते र दसैं

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज

मान्छेलाई धम्की दिएर बस्न गृहमन्त्रीलाई नैतिकताले दिँदैन

२००७ सालदेखि हामीले परिवर्तनको लागि संघर्ष गर्यौँ। तर प्रणाली मात्रै

युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता