मुलुकका केही भूभागमा सामान्य वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना | Khabarhub Khabarhub

मुलुकका केही भूभागमा सामान्य वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। बिहान लुम्बिनी प्रदेशको केही स्थानमा सामान्य वर्षा भएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम सामान्य रहनेछ।

यसैगरी, सुदूरपश्चिम  र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : १७ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र