कागको पूजा किन गर्ने ? « Khabarhub

कागको पूजा किन गर्ने ?


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा गरी मनाइँदै छ ।

कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने विश्वास गरिन्छ ।

आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन पनि छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

धर्मशास्त्र अनुसार कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइन्छ ।

नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने–लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : २५ बजे

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

मुस्ताङ– तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँ– काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हैदराबाद– भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले