प्रोत्साहनले हिम्मत बढ्छ, हतोत्साहले निराशा « Khabarhub

प्रोत्साहनले हिम्मत बढ्छ, हतोत्साहले निराशा


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पानी भरी भएको एउटा पोखरीबाट निस्किएर केही भ्यागुताहरू खुला चौरमा उफ्रिरहेका थिए । सबै आफ्नै धुनमा अगाडि बढिरहेका थिए । अचानक त्यस चौरमा रहेको एउटा खाल्डोमा दुईवटा भ्यागुता खस्न पुगे ।

आफ्ना साथीहरू खाल्डोमा परेको देखेर अन्य भ्यागुताहरू खाल्डोको डिलमा बसेर उनीहरूलाई हेर्न थाले । खाल्डोमा खसेका भ्यागुताहरू त्यहाँबाट निस्कन निक्कै प्रयास गरिरहेका थिए । ती दुई भ्यागुताहरू सकेसम्मको बल लगाएर माथिमाथिसम्म उफ्रिरहेका थिए । तर पनि उनीहरु बाहिर निस्कन सकिरहेका थिएनन् ।

बाहिर भएका भ्यागुताहरू अब उनीहरु त्यस खाल्डोबाट निस्कन सक्दैनन् भन्ने निष्कर्षमा पुगिसकेका थिए । किनकी त्यो खाल्डो निकै गहिरो थियो ।

उनीहरूको मेहनत र प्रयास देखेर बाहिर बसेका भ्यागुताहरू भन्दै थिए– ‘साथीहरू अब तिमीहरू उफ्रिनुको कुनै काम छैन । हातखुट्टालाई कष्ट दिनु मात्र हो । अब तिमीहरू यहाँबाट निस्कन सक्दैनौ । हामी दुःखी छौँ, किनकी हामीले तिमीहरूलाई बाहिर निकाल्न सक्ने कुनै उपाय पनि छैन । उनीहरु बारम्बार यही कुरा दोहोर्‍याइरहेका थिए ।

आफ्ना साथीहरुबाट बारम्बार यस्ता कुरा सुन्दा खाल्डोमा रहेको एउटा भ्यागुतो भने निराश भयो । उसले अघिसम्म जारी राखेको बाहिर निस्कने प्रयास पनि छाडिदियो । ऊ बाहिर निस्कन नसक्ने भयले चिन्तित बन्यो र केही समय पछि प्राण त्याग गर्‍याे ।

तर सँगै रहेको दोस्रो भ्यागुतोले भने बाहिर निस्कने आफ्नो प्रयास जारी राखिरहेको थियो । बाहिर रहेका साथीहरू पहिलेकै कुराहरू दोहोर्‍याइरहेका थिए ।

केही समयको अथक प्रयास पछि बल्लबल्ल त्यो भ्यागुतो खाल्डोबाट बाहिर निस्कन सफल भयो । बाहिर आउनेबित्तिकै उसले आफ्ना साथीहरूलाई धन्यवाद दियो । तर बाहिर भएका भ्यागुताहरू आफूले उसलाई कुनै सहयोग नै नगरे पनि उसले धन्यवाद दिएकोमा अचम्मित भए । उनीहरु अचम्मित भएको देखेर खाल्डोबाट निस्केको भ्यागुताले धन्यवाद दिनुको कारण उनीहरूले सोध्नुभन्दा अगाडि नै आफूले दियो ।

उसले भन्यो– साथीहरू तिमीहरूलाई थाहै छ म कान सुन्दिनँ, तर पनि तिमीहरूलाई खाल्डोको वरिपरि घेरेर बसेको देखिरहेको थिएँ । तिमीहरूका मुख पनि चलमलाइ रहेका थिए । मलाई लागिरहेको थियो तिमीहरू मलाई खाल्डोबाट बाहिर निस्कनका लागि मेरो आत्मबल बढाइरहेका थियौ, उत्प्रेरणा जगाइरहेका थियौ, प्रोत्साहन गरिरहेका थियौ । हो म त्यसैको बलमा उफ्रिरहेको थिएँ र बाहिर निस्कन सफल भएँ ।

त्यसैले हेर ! जस्तोसुकै कठिनाइ आइपरे पनि हिम्मत हार्नु हुन्न । आफ्नो आत्मबल, साथीभाइको प्रोत्साहन र प्रेरणा मिल्यो भने त्यसलाई परास्त गरी सफलता प्राप्त गर्न सकिन्छ । उसका यस्ता कुराले बाहिर रहेका भ्यागुताहरू पहिलो साथीको मृत्यु हुनुमा आफूहरू नै दोषी भएको पछुतो गर्दै पोखरी तिर लागे ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ४६ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या