नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न « Khabarhub

नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ ।

यही कात्तिक २० गतेदेखि सञ्चालित तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्बोडियाका प्रतिनिधिको सहभागिता थियो ।

पाँच दिनसम्म चलेको सो तालिमका क्रममा काठमाडौँ र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

तालीमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम खड्काले विभिन्न प्राकृतिक प्रकोपबाट नेपाली सेनाले सिकेका पाठ, अन्य राष्ट्रमा विपद् न्यूनीकरण गर्न अपनाइएका अवधारणा र सहभागी राष्ट्रको अनुभव आदानप्रदान तथा सहकार्यले भविष्यमा आउन सक्ने प्रकोपलाई सामना गर्न र खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०११ देखि यस खालका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । समापन समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ५७ बजे

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको