वीरगन्ज गोल्डकप : उपाधिका लागि आज पुलिस र आर्मी क्लब भिड्ने | Khabarhub Khabarhub

वीरगन्ज गोल्डकप : उपाधिका लागि आज पुलिस र आर्मी क्लब भिड्ने


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशको सबैभन्दा बढी धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

वीरगन्जको आदर्शनगर रंगशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै विभागी टोलीका प्रशिक्षकले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमवर्क र प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे ।

यस्तै, आर्मीका प्रशिक्षक विकास मल्लले उपाधिका लागि राम्रो तयारी रहेको बताए ।

बिजेता टोलीले ११ लाख ११ हजार र उपविजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भेट्रान्स सिटी क्लबले आयोजना गरेको गेल्डकपमा नेपालका ६ र भारतका २ गरी ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २२ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने