मेरी आमालाई झुटो बोल्न आउँदैन
कोसौँ टाढा बस्दा पनि माइतको न्यास्रो लाउँदैन
पहाडको जङ्गलमा एक सरो कपडासँग जाडो लाउँदैन
अनेकौँ बलिदान दिँदा पनि समाजमा बराबर सम्मान पाउँदैन
हिमाल चढ्दा खुट्टा खान्छ चिसो त्यो हिउँले
दुख अनि कष्ट सहन्छ्यौ सन्तानकै निहुँले
बोक्दा हजारौँ जिम्मेवारी त्यो एक्लो जिउले,
कोही आउदैनन् हात गोडा मिचिदिन नरम घिउले
वास्ता नगर आमा समाजको त्यो रुखो बोलीलाई
एक दिन अवश्य परिवर्तन गर्नेछु तिम्रो पुरानो चोलीलाई
दुःख लुकाउने भण्डार आमा तिमीलाई कसले दे’छ ?
आज म सोध्दै छु आमा ! भनन तिम्रो सपना के छ ?
वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत
प्रतिक्रिया