गुलाम अलीले प्रशंसा गरेका संगीत सारथि शुभबहादुर | Khabarhub Khabarhub

गुलाम अलीले प्रशंसा गरेका संगीत सारथि शुभबहादुर


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नेपाली गीत सङ्गीतमा सेवा गर्दागर्दै सैनिक पदमा जर्नेलसम्म भएका संगीतकार हुन् शुभबहादुर सुनाम। काठमाडौंको सामान्य परिवारमा जन्मिएका शुभबहादुरको जीवनमा धेरै शुभ–घटनाहरू भए। जस्तो पहिलो प्रसिद्ध घटना हो, पाकिस्तानका प्रसिद्ध गजल गायक गुलाम अलीसँगको भेट। नेपालमा रेडियो नेपालको स्टुडियो भित्र नेपाली भाषामा आफ्ना गीतहरू रेकर्ड गर्दैगर्दा भेट भयो। स्टुडियोमा गीत रेकर्ड गरेर बाहिर आएपछि अलीले वाद्यवादक शुभबहादुर सुनामलाई धाप मारे र बधाई भने। गीत गाउँदै गर्दा गुलाम अलीले जब शुभबहादुर सुनामले बजाएको सक्सोफोनको धुन सुनेर मन्त्रमुग्ध भएका थिए। ‘के छ र दिऊ तिमीलाई मैले कोसेली’ गीतको पहिलो अन्तराबाट दोस्रो अन्तरा प्रवेश गर्दाको सक्सोफोनको लामो अन्तरा सुनेपछि गुलाम अलि जस्ता विश्व प्रसिद्ध गायक पग्लिए र भावुक भएर गाउँदा गाउँदै उठेर शुभबहादुरलाई धाप मार्न पुगेका थिए। यो एउटा दुई राष्ट्रको साङ्गीतिक योगदानको महत्त्वपूर्ण घटना हो। जसका ज्वलन्त पात्र हुन् शुभबहादुर सुनाम।

म.बी.बी. शाहको रचना दीपक जङ्गमको सङ्गीतमा शुभबहादुर सुनामले सङ्गीत संयोजन गरेको त्यो गीतमा गुलाम अलीको आवाजसँगै शुभ बहादुरको सक्सोफोनको जब नोटहरू उकालो ओलारो लाग्छ गीतले विस्तारै प्राणिलता पाउँदै जान्थ्यो। यो क्षमता भएका शुभबहादुरलाई नेपाली दर्शक, श्रोता, शुभेच्छुकले एक सङ्गीतकारका रूपमा धेरै नजिकबाट चिनेका छन्।

म.बी.बी. शाहको रचना दीपक जङ्गमको सङ्गीतमा शुभबहादुर सुनामले सङ्गीत संयोजन गरेको त्यो गीतमा गुलाम अलीको आवाजसँगै शुभ बहादुरको सक्सोफोनको जब नोटहरू उकालो ओलारो लाग्छ गीतले विस्तारै प्राणिलता पाउँदै जान्थ्यो।

एक वाद्यवादकका रूपमा धेरैले बिर्सेका छन्। तर ती शुभबहादुर सङ्गीतका गुरु पनि हुन्। अध्यापक हुन् भन्ने कुरा धेरैलाई थाहा छैन। नेपालमा स्थापना भएको म्युजिक स्कुलमा म्युजिक सेक्सनका डाइरेक्टरसमेत थिए। उनले सेनाको ठुलो ठुलो टोलीलाई लिएर प्राक्टिस गराउँदा जुन किसिमले हातहरूलाई कन्डक्ट गर्दथे। त्यो क्षमता हेर्दा लाग्छ एउटा सामान्य नागरिकले त्यो उचाइ पाउनु ठुलो सफलता हो।

यो सबै परिचयको बाबजुद पनि उनको जीवनको अर्को शुभ घटना शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र ‘मनको बाँध’को गीत रेकर्डिङको निम्ति कलकत्ता जाँदा उनले नातिकाजी, शिव शङ्करले सङ्गीत गरेका सबै गीतलाई सङ्गीत संयोजन गरे। तर त्यो चलचित्रको एउटा गीत तारा देवीको स्वरमा ‘फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा’ जसको सङ्गीत संयोजन शुभबहादुरले गरेका थिए। त्यो सङ्गीत संयोजनको परिचायक झलक स्पष्ट अणु अणुमा, कण कणमा देखिन्छ। त्यो नै शुभबहादुरको परिचय हो।

सक्सोफोनमा आफ्नो औँलाहरू चलाउँदै गर्दा उनको जुन व्यक्तित्व देखिन्छ। एउटा वाद्यवादन एक बाघ गर्जिरहेछ जस्तो लाग्छ। तर उनले सङ्गीत गर्दाको साङ्गीतिक पक्ष हेर्दा गायिकाको निम्ति त्यो गीत सङ्गीत गरेका छन् भने गायिका जस्तै कोमल शैलीमा सङ्गीत गरे। गायकको लागि त्यो गायकको भव्य व्यक्तित्वको निम्ति उनले तयार पारेको कुनै एउटा डकु ड्रामा जस्तो लाग्छ। सङ्गीतकार शुभबहादुर जब पहिलो पटक गायिका तारा देवीको लाजिम्पाटमा रहेको डेरामा पुगे। पहिलो पटक ठुलो हिम्मतले गायिकालाई मैले सङ्गीत गरेको गीत गाइदिनपर्यो भनेर भने।

तारादेवीका अगाडि त्यो बेला दुई प्रश्न थिए। नयाँ सङ्गीतकार त्यसमाथि वाद्यवाधक गीत कस्तो होला भन्ने चुनौती थियो। तर जब वरिष्ठ गीतकार रत्नशमशेर थापाले आफ्ना सुनौला शब्दले शुभबहादुरको परिचय दिए। तब तारादेवीले गीत गाउने तय गरिन्। त्यो गीत रत्न शमशेर थापाको शब्द शुभबहादुरको सङ्गीतमा तारा देवीको एउटा अजर अमर गीत मानिन्छ। ‘फुलै फूलको मौसम तिमीलाई तारा जुनैको रमझम तिमीलाई’ यो गीतपछि शुभबहादुर सुनामको गीतमा डा. दीर्घसिंह बमको शब्दमा तारादेवीले गाइन्। भैरवनाथ रिमालको शब्दमा ‘अमर माया छाडेर जाने परदेशी आएन’ त्यतिकै लोकप्रिय भयो।

सङ्गीतकार शुभबहादुर जब पहिलो पटक गायिका तारा देवीको लाजिम्पाटमा रहेको डेरामा पुगे। पहिलो पटक ठुलो हिम्मतले गायिकालाई मैले सङ्गीत गरेको गीत गाइदिनपर्यो भनेर भने।

शुभबहादुरले नारायण गोपालका धेरै गीतहरूलाई पनि सङ्गीत संयोजन गरे। तर नारायण गोपाललाई गीत गाइदिनुहोस् दाइ भनेर भन्ने हिम्मत गर्न सकेनन्।

जब शुभबहादुर र उनका मित्र शम्भुजित बाँस्कोटा मिलेर गीतकार विश्वम्भर प्याकुरेलको एउटा गीतलाई सङ्गीतबद्ध गरे। ‘तिमीले भनेका सारा देव छोएर’ यो गीत गाउने तय भने दीपक खरेलले गरे। पछि उनलाई के कुरामा चित्त बुझेन र उनले यो गीत गाएनन् र शुभ बहादुरले नै गीतकार विश्वम्भर प्याकुरेललाई आग्रह गरेर नारायण दाइले यो गीत गाइदिए कसो होला भने। त्यसपछि गीतकार विश्वम्भर प्याकुरेलकै पहलमा काठमाडौं खिचापोखरीको एन.एन रेष्टुरेन्टमा नारायण गोपाल, विश्वम्भर प्याकुरेल र सङ्गीतकार द्वयको भेट भयो। र त्यो भेटमा नारायण गोपाललाई यो गीत गाउन राजी बनाइयो।

यो एउटा गायकले छोडेको र अर्को गायकले गाएको इतिहास एकै समयमा दुई बन्यो। एउटा गायकले मन नपराएको अर्को गायकले अजर अमर बनाइदिए। ‘तिमीले भनेका सारा देव छोएर म किरिया नै कहाँ खान सक्छु’ यो गीतको शब्दशब्द जब गुन्जिए त्यति बेलाको क्यासेटको युगमा नारायण गोपाल घरघरमा गुन्जिए। नारायण गोपाल पानीमा औला चोपेर नै एक एक शब्द शुद्ध उच्चारण गर्न सक्थे। जसरी उनले युग कवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गामा कुसुमाकरको पर्वत शृङ्खलाको गुणगान गरेका छन्। त्यसै शैलीमा विश्वम्भर प्याकुरेलको यो गीतलाई शम्भुजीतको सङ्गीतमा उनले गाए।

यो गीत गुन्जेपछि अर्को गीतसङ्गीतबाट धेरै टाढा रहेका केही राजनीतिज्ञ केही पत्रकार र साहित्यकार इन्द्र सरोबरको भ्रमण गर्न गए। त्यहाँ जाँदा एक जना कुनै गायनशैली नभएका गायकले मिठास पूर्वक डुंङ्गा चलाउँदै यो गीत गाएँ। त्यो गीत सुनेपछि गीतकार पत्रकार साहित्यकार शिव अधिकारी ताजुक भए। कस्को गीत हो यो ? र गाउने मान्छेले भने यो नारायण गोपालको गीत हो। यति राम्रो गीत गाउने गायकलाई स्वर संम्राट भन्नुपर्छ। यो गीतबाट प्रभावित भएर शिव अधिकारीले पछि आफ्नो साप्ताहिक पत्रिका देशान्तरमा एउटा लेख लेखे। भन्न हुने भए म उनलाई स्वर संम्राट भन्थे। स्वर संम्राट भन्ने शब्द यसपछि व्यापक र विस्तृत भएर गयो। कारण एउटै थियो जुन शिव अधिकारीले नारायण गोपालको स्वरमा होइन अरु कसैको स्वरमा इन्द्र सरोवरमा सुनेका थिए।

यो गीतपछि नारायण गोपाललाई पत्रकार साहित्यकारले अलिकति गम्भीर रूपले सुने कि वा मालती मङ्गलेपछि गम्भीर रूपले सुने कि त्यो अर्कै चर्चा हो। तर यो गीतको संयोजन शुभबहादुर सुनामले गरेका छन्। सङ्गीतकारद्वय शुभबहादुर र शम्भुजितले सजाएका छन्। गीतकार विश्वम्भर प्याकुरेलको नारायण गोपालले गाएको यो एउटै गीत सर्वाधिक लोकप्रिय भयो।

त्यो गीतमा शुभबहादुर सुनामको तागत देखिन्छ। त्यसमध्ये कविता कृष्ण मूर्तिले गाएको ‘को धनी को गरिब सबैको रगत रातै हुन्छ’ भन्ने गीत चलचित्र चाहनामा करिष्मा मानन्धरको स्वरमा पर्दामा स्थापित हुँदा त्यो गीतले एउटा फिल्मी गीतको क्लेवर ल्यायो।यसबाहेक शुभबहादुरले धेरै चलचित्रमा पनि सङ्गीत गरे। गोपीकृष्ण मुभीका केही चलचित्रहरु जस्तो ‘माटो बोल्छ’ जनम जनम फिल्ममा र केही भिडियोमा पनि उनले सङ्गीत गरे। चलचित्रको गीतलाई सङ्गीत समालोचकहरू वा सङ्गीतका इतिहास वेताहरु अस्थायी सङ्गीत भन्छन्। तर शुभबहादुरले चलचित्रको निम्ति गरेका सङ्गीतहरू अस्थायी सङ्गीत मात्र नभई समकालीन सङ्गीत भए।

शुभबहादुरले नेपाली चलचित्रमा अरूका सङ्गीतका गीतहरूलाई पनि सङ्गीत संयोजन गरेका छन्। त्यो बाहेक उनी आवश्यक परेको खण्डमा सानो सानो पिसको सक्सोफोन बजाउन स्टुडियोमा उपस्थित हुन्थे।

शुभबहादुर आफ्ना गीतहरूलाई जसरी माया गर्थे र रमाइलोको लागि मञ्चमा वाद्यवादन प्रस्तुत गर्दा पुरै एउटा डिजाइन बनाएर प्रस्तुत हुन्थे अरूका गीत पनि त्यति नै माया गर्थे। शुभबहादुरले नेपाली चलचित्रमा अरूका सङ्गीतका गीतहरूलाई पनि सङ्गीत संयोजन गरेका छन्। त्यो बाहेक उनी आवश्यक परेको खण्डमा सानो सानो पिसको सक्सोफोन बजाउन स्टुडियोमा उपस्थित हुन्थे।

यद्यपि शुभबहादुर सुनामले यो नायकीय शैलीको गीत दिनुभन्दा अगाडि पनि उदितनारायण झाले गीतहरू गाइसकेका थिए। तर ती गीतहरू हास्य कलाकारका गीत थिए। ‘आउँदै छु जुनसँगै जेनेली रातमा’ यो गीतमा सुशीला सुब्बा जो दीप श्रेष्ठको समकालीन गायिका थिइन्। उनलाई उदितनारायण झासँग जोड्ने श्रेय पनि शुभबहादुर सुनामकै थियो। सरोज अर्यालको शब्दमा।

धेरै अजर अमर गीतका सर्जक शुभबहादुर सुनामले जीवनको पछिल्लो समयमा गीतकार विश्वम्भर प्याकुरेलका केही गीतहरूलाई युवा गायक शैलेश सिंह, विष्णु चेमजोङ जस्ता कलाकारको आवाजमा रेकर्ड गरिएको हुन्थ्यो।

रमाइलो र स्मरणीय कुरा भनेको नेपाली कथानक चलचित्रका निर्देशक हेम लामाको सौजन्यमा शुभबहादुरले केही गीतहरूलाई सक्सोफोनमा पनि रेकर्ड गरे। सधैँ शिष्टता पूर्वक मञ्चमा उभिने र साङ्गीतिक ब्याण्डलाई प्रस्तुत गर्ने शुभबहादुर सुनामले नेपाली चलचित्र, नेपाली रेडियो नाटकका केही गीतहरूलाई शिष्टता पूर्वक प्रयोग गरे। उनले एउटा गीत रेडियोको लागि रेकर्ड भए पनि पछि गीति नाटक धनेमा प्रयोग भएको पाइन्छ। यी धेरै गीतका कारण स्मरणीय पात्र शुभबहादुरप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ०१ बजे

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनः स्थापना केन्द्र स्थापना

कटारी – कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा

प्रकृति र संस्कृतिको सङ्गम फलामे डाँडा

म्याग्दी – करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामे

डलर बढ्दा कोरियन वन घट्यो : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय