विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै  « Khabarhub

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन ।

तर बंगलादेशका लागि भने सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्नेछ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भएपनि व्यवहारिक रुपमा भने सम्भव देखिँदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इंग्ल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नुपर्ने देखिन्छ । त्यस्तै इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ५३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति