हिउँ चितुवा र संस्कृति संरक्षणमा नासोँ गाउँपालिका « Khabarhub

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासोँ गाउँपालिका


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासोँ गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङले भने, ‘हाम्रा अग्रजले मान्दै आएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागिपरेका छौँ ।’

उनले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए । यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ ।

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ । 

उनले भने, ‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।’

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : ३७ बजे

गण्डकीमा जनमोर्चाबाट बराल र बाँस्कोटाको उम्मेदवारी

गण्डकी– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शंकर

नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब

समाचारको प्रभाव : २४ घण्टा नबित्दै व्यवस्थापक खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ फेदीमा रहेको जनकल्याण बहुउद्देश्यीय बचत तथा

राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार 

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३