तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व : मुख्यमन्त्री पाण्डे « Khabarhub

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व : मुख्यमन्त्री पाण्डे


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको बिम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् ।

नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए ।

‘पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व पनि हो’, उनले सन्देशमा भनेका छन् ।

काग तिहारदेखि सुरु भएर भाइटिकाको दिनसम्म प्राणी जगत्का साथै लक्ष्मी माताको पुजाआराधना गरी खुसियालीको प्रतीकका रुपमा पाँच दिनसम्म यो पर्व मनाइने भएकाले यसले आपसी सम्बन्ध थप प्रगाढ बनाउने सन्देशमा उल्लेख छ ।

सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको बताए ।

यस पर्वको अभिन्न अङ्गका रुपमा रहेको देउसीभैलो खेल्ने परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सन्देशमा पर्वका नाममा समाजमा विद्यमान कुरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अपिलसमेत गरिएको छ ।

यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको समुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको संकल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ मुख्यमन्त्रीले सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १२ : ३१ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न